Skip to main content

बि दे श... बिकाइएको देशद्रोही सपना




अचम्म  लाग्दो  युगमा जन्मे
नेपाली  हुँ  तर, नेपाली  बोल्न  दिएनन  स्कुल मा
अङ्रेजी बोल्नपर्यो, सरर्, मकै भुटेको जस्तो, अझ  accent मा
नत्र  boarding school  पढ्एको  के  फाइदा  भयो  
अखिर आमा  बाउले  खाइ  नखाइ  गरेर  त्यत्रो  फीस  भरिदिएका छन
नेपालीको  बिर  गाथा  सुन्दै,  हुर्के  
तर सपना भने बिदेश को देखाइयो

हिमाल झै अटल यो झुकेन यो कहिल्यै

लत्रेन यो कहिले जङ्गी निशान हाम्रो

 यो जन्मदै जगतमा कयौ प्रहार आए

साम्राज्य दुई हारे हारेन यो शान हाम्रो

रातो चन्द्र सुर्य जङ्गी निशान हाम्रो

गीत सुन्दा रगत उमलन्छ्
नउमले पनि शरिर सिरिङ्ग हुन्छ
जसरि पुर्खा अङ्रेज सँग लडे,
तेसै गरी म पनि लड्न तयार भए, अङ्रेज सँग ।
अमेरिका अष्ट्रेलिया को भिसा का लागि ।
सपना त बिदेशकै छ, हरियो डलर कै छ ।

गाउको साँहिला देखी शहरको शाहील को एउटै  सपना बिदेश ।
अब दुबाइ कतार जाउ कि अमेरिका अष्ट्रेलिया
बिदेश नै जाने हो
देशमा गरी खाने त बाटइ छैन नि ।
अब देशमै बसेर बिनोद चौधरी नेपालको पहिलो अरबपती बने भनेर हुन्छ……
हामी कसरी बन्छौ?!?
एस्कारण बिदेश त जानुनै छ । स्कुल मा दिएको स्पीच याद आयो,
ब्रैन ड्रैन हुन दिनु हुँदैन, म पढ्एर नेपाल लाई developed country बनाउछु भनेको याद आयो
तर कसरी बनाउनु बातावरण नै छैन हाहा

दोश मेरो स्वार्थी बिचारको हो या, यो समाजको
बिदेश जाने सोच मेरो आफ्नो हो
या जबर्जस्ती देखाइयो मलाई बिदेश जने लोभ
सायद फलानाले धिस्कनले बिदेशमा गएर कमाएको पैसाले सर्लक्कै निलिदियो मेरो देशमै बसेर कमाएको इज्जत
मेरो स्वभिमाना, देशप्रेम ।।
हुनपनि, राष्ट्रियता त  I love Nepal लेखेको टीसर्ट लाउदै सानो नेपाली झन्डा  फहराउदै, बिदेशमा बसेर   I miss my country भनेर सोसिअल मिडिया म पोस्ट गर्नुमा पो छ त ।
का नेपाल मै बसेर I love Nepal  हुन्छ त


बिदेश जाने रहर र बाध्यताको घेरामा फसेका सबैलाई अखिर्
कस्ले देखायो यो रमिता । ।
बिदेशमा भएको पैसाको बोट्ले, पल्लघरे छिमेकिले बिदेश बाट पठाएको नोट्ले, कि देशको अवस्था सुधारन नसक्ने नेताहरुलाई दिएको हाम्रो भोटेले,,, आफ्नै देश पनि आफ्नो जस्तो नहुँदाको चोटले…




Comments